$
cat malai-bachcha.md
मलाई Grown Up, नदेख् न है
म तँ भन्दा नि बच्चा छु ।
सायद त्यसैले त bachcha भन्थिस।
मातृत्व : जुन पैदाएसी गुण लिएर आएको छस्,
त्यो दर्साउन खोज्थिस
भनलिस् उमेर कटीसक्यो तेरो,
तर आफ्नो पनलाई केटाकेटी नै त राख्या छु।
अबोध अनि हावा --
तँ त बरु बुझ्ने बन्दैछस्
तर मैले त आफूलाई बुझ्ने पनि बन्न दिएको छैन
के थाहा तेरो प्रेम लाई कुनै दिन
बुझ्ने प्रयास गरें भने? या बुझें भने
तेरो प्रेमको बद्नाम हुनेछ ।
के बुझु? कति बुझौं
तेरो त्याग अनि तेरो समर्पणलाई
तेरो निश्चल , अकारण प्रेमलाई
मेरो यादमा बहेका तेरा अश्रुहरु
कति बुझौँ? के बुझु
केवल तँलाई संगाल्न दे
मनभरी अँगाल्न दे
(नदिए पनि , I will hug you )
मलाई अबोध सँगै मर्न दे।
प्रेम सागरमा केवल डुब्न दे।
मलाई बोध किन चाइयो र?
तेरो प्रेमको सागरको गहिराई नाप्नु छैन मलाई
केवल डुब्नु छ ।
पौडिन बिर्सिएर 🤭💗
Nisan- The Mark