$
cat tyo-boldina.md
त्यो बोल्दिन भन्ने तेरो मेसेज भित्रका,
"एकदमै बोल्न मन छ🥹" भन्ने भाव
देख्दिन होला र म?
त्यो हासो को एमोजि 😂 भित्र
तैंले लुकाएका अनेकौं वेदना
तेरो आँसुले झलकाउँदैन होला र?
Reply नगर्नु है अब,बोल्ने मन छैन,
भन्दै पनि,conversation stop गर्न नदिने बहाना
हरेक "bye" को मर्म
बुझ्दिन होला र?
वर्षौं देखि प्रेमको रसमा डुब्ने अनि रमण गर्ने
अति चाहनाको सँगमा,थोरै वियोगको खेलको
महिमा जान्दिन होला र?
आफ्नो "importance" ऊ प्रति बनी रहोस्
भनेर चित्त दुखाएझैँ गरी, केवल उसको
प्रेम अनि attention,पाउन गरिने
ती प्यारा प्यारा घुर्क्याइ हरु
सुन्दिन होला र?
त्यो आफ्नो पनि चित्त दुखाइ दुखाइ,
उसैको यादमा प्रेम र विरह दुवै मिसाई
त्यो छुच्चो देखाउने बोली भित्र रहेका,
अनन्त प्रेमका लब्जहरु
देख्दिन होला र?
Nisan- The Mark